१६ असार २०८३, मंगलबार

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने रुद्रप्रसाद रिहा

बैशाख १७, २०७६
प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने रुद्रप्रसाद रिहा

बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे रिहा भएका छन् ।

उनले वैशाख ७ गते बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका थिए ।  उनलाई सर्वोच्च अदालतले मंगलबार 'असाधारण क्षेत्राधिकार अन्तर्गत रिट'द्वारा रिहा गरिदिएको हो ।

उनी १० दिन थुनामा रहेपछि रिहा भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय दीपककुमार कार्की र हरि प्रसाद फुयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका वडा नं. १ बाट बैशाख ७ गते पक्राउ परेका रुद्रप्रसाद घिमिरेलाई ‘गैर कानुनी थुनामा राखेको ठहर’ गर्दै रिहाई गरिदिएको हो ।

घिमिरेलाई थुनामा राख्दा संवैधानिक तथा कानुनी रुपमा संरक्षित अभिव्यक्ति स्वतन्त्रता एवं मानव अधिकारको चरम उल्लंघन भएको दावी गर्दै रिहाईको माग सहित महेश डंगोलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता समेत गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्