१४ असार २०८३, आइतबार

बालुवाटार जग्गा घोटालाका सूत्रधार विदेश भागे, विदेशबाटै शक्तिकेन्द्रसँग संवाद

बैशाख १८, २०७६
बालुवाटार जग्गा घोटालाका सूत्रधार विदेश भागे, विदेशबाटै शक्तिकेन्द्रसँग संवाद

काठमाडौं– व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको छ तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैं सजग हुँदै विदेशीतर भागेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

विवाद उजागर भएपछि कुमारी बैंकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन् । ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको स्रोतको भनाइ छ । सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्