३० जेठ २०८३, शनिबार

बिदामा आएका युवाको मृत्यु भए ७ लाख

बैशाख १९, २०७६
बिदामा आएका युवाको मृत्यु भए ७ लाख

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ । 
सरकारले वैदेशिक रोजगारीका क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि सहायता दिने तयारी गरेको छ । 
उपचारका क्रममा मृत्यु भएकामात्र नभइ साधारण बिदामा आएको अवस्थामा मृत्यु भएमा पनि युवालाई सहायता रकम दिने गरी कानुनी व्यवस्था गर्न लागिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ । 
वैदेशिक रोजगार बोर्ड सञ्चालक समितिको बैठकले करार अवधिमा बिदा आएर स्वदेशमा मृत्यु भएका युवालाई सहायता दिनेबारे प्रस्ताव तयार पारेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्