१९ असार २०८३, शुक्रबार

प्रदेशको स्थायी नाम र राजधानी तोक्न सर्वदलीय बैठक शुरू, नेकपाको बैठक लम्बियो

बैशाख १९, २०७६
प्रदेशको स्थायी नाम र राजधानी तोक्न सर्वदलीय बैठक शुरू, नेकपाको बैठक लम्बियो

विराटनगर- प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बारेमा नेकपाको बिहानैदेखि बसेको बैठक नसकिँदै सर्वदलीय बैठक शुरू भएको छ ।

बिहीवार विराटनगरमा रहेको बिग होटलमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका नेकपा सांसदहरूको छलफल नसकिँदै सर्वदलीय बैठक शुरू भएको हो ।  

सर्वदलीय बैठकमा बैठकमा मुख्यमन्त्री शेरधन राई, कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, राप्रपाकी सांसद इन्दिरा राई, संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फे सहभागी छन् । 

नेकपा पार्टी तहबाट प्रदेशको नाम र राजधानीको विषयमा विकल्पमा राखेर निष्कर्ष नजिक पुगेपछि सर्वदलीय बैठक शुरू भएको हो । त्यस्तै बिहान ८ बजेदेखि बसेको सोलुखुम्बु, ओखलढुङ्गा,  खोटाङ, उदयपुर र मोरङका सांसदहरूको बैठक अझै सकिएको छैन ।

बिहान ८ बजेदेखि विराटनगरको बिग होटलमा शुरू भएको छलफलमा  पार्टी भित्र नाम र राजधानीको विषयमा एक मत गराउने प्रयास जारी छ । नेकपाका साविकका सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका सांसदहरू छलफलमा रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । जारी बैठक सकिएलगत्तै नेकपाका मोरङ बाहेक कोशी र मेची अञ्चलका सांसदहरूसँग छलफल हुने छ । 

बैठकमा नेकपाको प्रदेश कमिटी इन्चार्ज भीम आचार्य, सह–इन्चार्ज साबित्रीकुमार काफ्ले, मुख्यमन्त्री शेरधन राई, संयोजक देवराज घिमिरे र सचिव सुरेशकुमार राईसहित सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्