०४ साउन २०८३, सोमबार

'पहिला हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अचम्म मान्थे, अहिले बच्चाले नि चलाउँछन्'

बैशाख १९, २०७६
'पहिला हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अचम्म मान्थे, अहिले बच्चाले नि चलाउँछन्'
फाइल फोटो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजल सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको बिहीवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले नेपालमा केही वर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउँदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताए । 'केही वर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो,' प्रधानमन्त्री ओलीले भने, 'मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।'

प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताए । 'प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने, 'प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।'

वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रूपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 'सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रूपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो,' प्रधानमन्त्री ओलीले भने, 'त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्