२२ असार २०८३, सोमबार

जन्ती आएका युवकको कुटपिटबाट मृत्यु, युवतीको निहुँ

बैशाख १९, २०७६
जन्ती आएका युवकको कुटपिटबाट मृत्यु, युवतीको निहुँ

गोरखा–पालुङटार नगरपालिका–४ कुमाल गाउँमा जन्ती आएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ । जन्ती आएका लमजुङ राइनसका ३४ वर्षीय विष्णुबहादुर कुमालको कुटपिटबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

‘बेहुला पक्षबाट आएका युवा र बेहुली पक्षका युवाबीच झगडा हुँदा कुमालको मुत्यु भएको हो,” प्रहरी उपरीक्षक भोला रावलले भने । 
 घटनामा संलग्न भएको आरोपमा १५ जनालाई नियन्त्रणमा लिइएको छ । लमजुङको राइनासदेखि पालुङटारको कुमाल गाउँमा आएको जन्तीमाथी स्थानीय युवाको समूहले आक्रमण गरेको हो । 
बुधबार राति भएको आक्रमणमा परी गम्भीर घाइते कुमालको उपचारका क्रममा पोखरामा मुत्यु भएको प्रहरी उपरीक्षक रावलले बताए । 
  घाइते कुमाललाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियोे । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै लमजुङबाट आएको युवाको समूहले आज इलाका प्रहरी कार्यालय पालुङटार घेराउ गरेका थिए ।  झडप युवतीको निहुँमा भएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्