१४ असार २०८३, आइतबार

जुलियन असान्जले अमेरिकासमक्ष सुपूर्दगी हुन गरे अस्वीकार

बैशाख २०, २०७६
जुलियन असान्जले अमेरिकासमक्ष सुपूर्दगी हुन गरे अस्वीकार

काठमाडौं – विकिलिक्सका संस्थापक जुलियन असान्जले गोप्य सरकारी दस्तावेज चुहाएको आरोपमा अमेरिकासमक्ष सुपूर्दगी हुन अस्वीकार गरेको बिहीवार बताएका छन् । 

अस्ट्रेलियामा जन्मेका यी ४७ वर्षीय सूचना अभियन्तालाई धरौटी ऐन उल्लंघन गरेकोमा ५० हप्ताको कारावास सजाय दिइएको छ । 

असान्ज वेस्टमिन्स्टर मजिस्ट्रेट्स कोर्टमा भिडियो लिंकमार्फत उपस्थित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनले पत्रकारिता गरेर थुप्रै पुरस्कार जितेको तथा धेरै मानिसको ज्यान बचाएको र यसो गरेको सजायका रूपमा सुपूर्दगीका लागि आत्मसमर्पण नगर्ने बताएका थिए । 

सुपूर्दगी प्रक्रिया पूरा हुन महिनौं लाग्ने अदालतले सुनुवाइ गरेको छ । यो मुद्दा जेठ १६ गतेसम्मका लागि स्थगित गरिएको छ । 

यौन दुर्व्यवहारको आरोप लागेपछि स्विडेनमा सुपूदैगी हुनबाट बच्न असान्जले लन्डनस्थित इक्वेडर दूतावासमा शरण लिएका थिए । तर उनले यो आरोपको खण्डन गरेका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्