०६ असार २०८३, शनिबार

विराटनगरमा प्रदेश राजधानी तोक्ने नेकपाको निर्णय

बैशाख २०, २०७६
विराटनगरमा प्रदेश राजधानी तोक्ने नेकपाको निर्णय

विराटनगर – १ नम्बर प्रदेशको नाम र स्थायी राजधानीबारे छलफल गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले विराटनगरमै राजधानी तोक्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशको राजधानी विराटनगरलाई बनाउने र ईटहरी र गोठगाउँमा प्रशासनिक संरचना स्थापना गर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज भीम आचार्यले पार्टीभित्रका अधिकांश सांसदको भावनालाई सम्बोधन गर्नका लागि विराटनगरलाई राजधानी तोकेर संरचना बृहत् विराट क्षेत्रभित्र निर्माण गरिने बताए ।

अधिकांश सांसदको मागलाई ध्यानमा राखेर गोठगाउँ, ईटहरी, विराटनगर नजिकैको दुरीलाई आधार बनाएर  संरचना निर्माण हुने इन्चार्ज आचार्यले बताए ।

मुख्यमन्त्री शेरधन राईले बृहत् विराटनगरभित्र प्रदेशको राजधानी तोक्ने निर्णय भएको जानकारी दिए ।  ईटहरी, विराटनगर र गोठगाउँलाई समेटेर  स्याटेलाइट सिटी निर्माण गरिने र त्यहीभित्र भौतिक संरचना निर्माण गरेर राजधानी स्थापना हुने मुख्यमन्त्री राईले बताए । उनले संरचना निर्माण नहुँदासम्म विराटनगरका संरचनाबाटै काम हुने उनले बताए ।

मुख्यमन्त्री राईले विराटनगरलाई तत्काल राजधानी तोकेर ती संरचना निर्माण भएपछि राजधानी त्यो ठाउँमा जाने स्पष्ट पारे । सबैलाई समेटेर लैजानका लागि आइतवारसम्म सबै दलसँग छलफल गरेर  प्रदेश सभामा प्रस्ताव लैजाने उनले दाबी गरे । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रतिपक्षीसँगको छलफलपछि मात्र कसरी अगाडि बढ्ने भन्ने विषय टुंगिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्