३१ असार २०८३, बुधबार

जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनबारे कार्यविधि बनाउँदै राष्ट्र बैंक

बैशाख २०, २०७६
जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनबारे कार्यविधि बनाउँदै राष्ट्र बैंक

काठमाडौँ–नेपाल राष्ट्र बैंकले जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउने भएको छ । 

नेपाल भ्यालुयर्स एशोसिएशनको चौथो अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण र व्यावसायिक रहेको उक्त पेशालाई विश्वसनीय र वास्तविक बनाउन कार्यविधि ल्याउन लागिएको जानकारी दिए । 

 चार वर्षअघि यस्तै विविध समस्याका कारण १६ बैंक समस्याग्रस्त भएकामा अहिले विस्तारै १४ बैंकले सेवा दिन थाले पनि दुई बैंक अझै अगाडि आउन नसकेको बताए । 

उनले कार्यविधि बनाएपछि जोखिम कम हुने विश्वास व्यक्त गरे । कुनै पनि वस्तुको मूल्याङ्कन नभएमा मूल्य नै नहुने उल्लेख गर्दै उहाँले सानो कुराले समेत समग्रतामा असर गर्ने हुँदा सही रुपमा मूल्य निर्धारण गर्नसमेत मूल्याङ्कन कर्तालाई आग्रह गरे । कुनै पनि बैंक तथा वित्तीय संस्थामा ऋण लिनका लागि जग्गा जमीन र सम्पत्तिको मूल्याङ्कनमा उनीहरुको आवश्यकता पर्छ । त्यही मूल्याङ्कनको आधारमा नै ऋण प्रदान हुन्छ । सही काम हुन सकेन भने संस्था बदनाम हुने र बैंकसमेत जोखिममा पर्ने भएकाले सचेत हुन गभर्नर नेपालले आग्रह गरे । 

विदेशी सङ्घसंस्थाले कुनै देशलाई ऋण दिन वा लगानी गर्नका लागिसमेत गार्हस्थ उत्पादन, आय, सम्पत्ति, राजनीति, नीति नियम कस्तो छ भन्ने जस्ता आधार लिने गरेकाले मापदण्डअनुसार चल्नुपर्नेमा उनले जोड दिए । 

 गभर्नर नेपालले राष्ट्र बैंकले निर्माण गर्न लागेको कार्यविधिका विषयमा आवश्यक छलफलमा आउन नेपाल भ्यालुयर्स एशोसिएशन र इञ्जिनीयर्स एशोसिएशनका पदाधिकारीलाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्