०३ असार २०८३, बुधबार

अब १० वर्ष कैद तोकिएको व्यक्ति ५ वर्षमै रिहा हुने !

बैशाख २१, २०७६
अब १० वर्ष कैद तोकिएको व्यक्ति ५ वर्षमै रिहा हुने !

काठमाडौं– नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ ।
गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो । 

नयाँ मुलुकी अपराधसंहितामा कुनै पनि अपराधमा न्यूनतम ७५ प्रतिशत कैद भुक्तान गरेपछि मात्र बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान राखिएको थियो । विगतमा बढी छुट दिँदा अपराध बढेपछि ७५ प्रतिशत कैद अनिवार्य गरिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।  

 तर, अहिले कारागारमा क्षमताभन्दा धेरै कैदी हुँदा व्यवस्थापनमा समस्या भएको कारण देखाएर कानुनी व्यवस्था संशोधन गरिएको छ । जघन्य अपराधका मुद्दामा भने आधा कैद मिनाहा लागू हुनेछैन ।याेसँगै अब १० वर्ष कैद सजाय तोकिएको व्यक्ति पाँच वर्षमै जेलमुक्त हुन सक्छन् ।

salt training

कमेन्ट गर्नुहोस्