०२ असार २०८३, मंगलबार

संसदको गरिमा रक्षाका लागि सभामुखले तत्परता नदेखाएको भन्दै कांग्रेस संसदीय दलको आपत्ति

बैशाख २४, २०७६
संसदको गरिमा रक्षाका लागि सभामुखले तत्परता नदेखाएको भन्दै कांग्रेस संसदीय दलको आपत्ति

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गरिमा घटाएको भन्दै आपत्ति जनाएको छ ।

नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलपश्चात सांसदहरूले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदको गरिमा घटाउने, अमर्यादित र गैरसंसदीय भाषा बोलेकोप्रति  नेपाली काँग्रेस संसदीय दलले गम्भीर आपत्ति जनाएको हो ।

मंगलवार साँझ संसद बैठक सकिएपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ति निकाली प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्दहरू संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्ने माग गरेको छ ।

'प्रतिनिधि सभाका सम्माननीय सभामुखले गरिमामय ढंगले संसद सञ्चालन गर्नुपर्ने र गैरसंसदीय एवं संसदको गरिमा घट्ने खालका अमर्यादित शब्दहरु संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्नेमा नहटाइएको र संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गनुपर्नेमा त्यसप्रति तत्परता समेत नदेखाउनु भएकोप्रति नेपाली काँग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कांग्रेसले संसदको गरिमामा आँच आउने खालमा यस्ता अभिलेखलाई संसदको रेकर्डबाट यथाशीघ्र हटाउन र गरिमामय ढंगले संसद सञ्चालन गर्न माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्