२५ असार २०८३, बिहीबार

प्रहरी धरपकड जारी, विप्लव समूहका थप दुई कार्यकर्ता पक्राउ

बैशाख २४, २०७६
प्रहरी धरपकड जारी, विप्लव समूहका थप दुई कार्यकर्ता पक्राउ

तनहुँ–नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् । 

    उनीहरुलाई भानु नगरपालिका वडा नं २ आमबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 
पक्राउपर्नेमध्ये अधिकारी चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवं जनसरकार प्रमुख र विक जिल्ला सदस्य हुन् । 
पक्राउ परेका विरुद्ध आज नै तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्