
काठमाडौँ – नवगठित समाजवादी पार्टी नेपालमा सरकार छाड्ने कि नछाड्ने भन्नेबारे शीर्ष तहमा बहस सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्ने प्रतिबद्धताबाट पछि हटेकाले सरकारबाट बाहिरिनुपर्ने मत अधिकांश नेताको छ ।
सोमबारको एकीकरण सभामा समेत नेताहरूले संविधान संशोधनका लागि सरकारलाई ‘अल्टिमेटम’ दिने र त्यसभित्र संशोधन प्रक्रिया अघि नबढे सरकारबाट बाहिरिने निर्णय लिनुपर्ने धारणा राखेका थिए ।
संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट सदस्यहरू संविधान संशोधन प्रक्रिया अघि नबढाएको र सरकार दिन प्रतिदिन अलोकप्रिय बन्दै गएका बेला सरकारमा बसिरहनुको औचित्य नभएको तर्क गरिरहेका छन् । उनीहरूले सरकारको गलत कामकारबाहीको स्वामित्व लिएर बसिरहन नहुने बरु राजनीतिक मुद्दा लिएर संगठन विस्तारमा जानुपर्ने मत राखेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।