
एजेन्सी- कोलोराडोका एक १० वर्षीय बालक बिस्तारै-बिस्तारै पत्थर बन्दै गएका छन् ।
जेडेन रोजरलाई छालासम्बन्धी गम्भीर रोग छ ।
उक्त रोगका कारण छाला बिस्तारै-बिस्तारै कडा हुँदै गइरहेको छ र उसको शरीर अहिले निकै कडा भइसकेको छ ।
चिकित्सकले उक्त रोगलाई स्टिफ स्किन सिन्ड्रोमका रूपमा लिएका छन् ।
चिकित्सकका अनुसार हालसम्म यस रोगको कुनै उपचार छैन ।