२५ असार २०८३, बिहीबार

ईशनिन्दाको आरोप लागेकी पाकिस्तानकी आसिया बीबी पुगिन् क्यानडा

बैशाख २५, २०७६
ईशनिन्दाको आरोप लागेकी पाकिस्तानकी आसिया बीबी पुगिन् क्यानडा

काठमाडौं – ईशनिन्दा गरेको आरोपमा सात वर्षसम्म कारावास सजाय भोगेकी पाकिस्तानी इसाइ महिला आसिया बीबीले देश छोडेकी छन् । 

आसियाका वकिल सैफ उल मलूकले बीबीसीलाई बताएअनुसार उनी क्यानडा पुगिसकेकी छन् । 

गत नोभेम्बर महिनामा उनीमाथिको मृत्युदण्डको सजाय सर्वोच्च अदालतले रद्द गरिदिएको थियो । 

तर जेलबाट रिहाइ भएपछि हिंसा मच्चिने आशंकामा उनलाई जासूसी संस्थाहरूले सुरक्षित स्थानमा राखेका थिए । 

सजाय रद्द गर्ने फैसला आएपछि हजारौं प्रदर्शनकारीहरूले हिंस्रक प्रदर्शन गरेका थिए । 

उनका दुई छोरीहरू पहिले नै देश छोडेर क्यानडा पुगेको र उनीहरूलाई शरण दिइएको बताइएको छ । 

सन् २००९ मा छिमेकीहरूसँग झगडा पर्दा उनीमाथि पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लाग्यो र सन् २०१० मा जिल्ला अदालतले उनलाई मृत्युदण्ड दियो ।

सुरक्षाका लागि चिन्तित आसियाका पति आशिक मसीहले अघिल्लो हप्ता बेलायतसमक्ष आफ्नो परिवारलाई शरण दिन अपील गरेका थिए ।

पाकिस्तानको यस बहुचर्चित मुद्दामा आसिया बीबीले शुरूदेखि नै आफू निर्दोष रहेको बताउँदै आएकी छन् । 

पाकिस्तानमा ईशनिन्दा संवेदनशील विषयका रूपमा रहेको छ । यस कानूनको दुरुपयोग गरी प्रायः धार्मिक अल्पसंख्यकहरूलाई फसाउने गरिएको आलोचकहरूले बताएका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्