काठमाडौं – अमेरिकाको ओक्लाहोमास्थित लटनमा एक व्यक्तिले ढोकाको घन्टी बजाउँदा सर्पले आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ ।
जेरेल हेवूड नामक ती व्यक्ति रोड्नी कोपल्यान्डको घरमा आइतवार पुगेका थिए । उनले घन्टी बजाउँदा सर्प उनीमाथि जाइलाग्यो ।
सर्प बाहिरको बत्तीनजिक गुँडुल्किएर बसेको रहेछ ।
हेवूडले स्क्रीन डोर खोल्दा सर्प छेउबाट फुत्त प्रकट हुन्छ र हेवूडको टाउकैमा टोकिदिन्छ ।
हेवूडले अनि अस्पताल लैजाऊ भनी चिच्याउँछन् ।
आफ्नो साथी ढोकामा लर्बरिँदा कोपल्यान्ड चाहिँ स्तब्ध हुन्छन् ।
कोपल्यान्ड र उनकी पत्नीले हेवूडलाई अस्पताल लगेपछि त्यहाँ उनलाई तत्कालै उपचार गरिएको थियो ।
उक्त सर्प विषालु नरहेको र आफू ठीक भएको हेवूडको भनाइ छ ।
‘धन्य, स्टिच लगाउनु परेन तर म एन्टीबायोटिक्स खाइरहेको छु,’ हेवूडले भने ।
कोपल्यान्डकी पत्नी चिच्याएपछि उनीहरूका छिमेकीले ह्याम्मर ल्याएर सर्पलाई मारेका थिए ।
कोपल्यान्डले सर्पलाई घरबाट टाढा राख्न सल्फरिक एसिड छर्किने भएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
सीएनएनबाट