काठमाडौं – पश्चिम बंगालमा भारतीय जनता पार्टीले सत्तारूढ तृणमूल कांग्रेसलाई कडा टक्कर दिइरहेको देखिएको छ । यसपालिको चुनावमा भाजपाको भोट शेयरमा ठूलो वृद्धि हुने देखिएको छ ।
राजनीतिक परिदृश्य परिवर्तन भएका कारण भाजपाले एक अस्वाभासवक सहयोगी पाएको छ । बंगालमा मार्क्सवादी कम्युनिस्ट पार्टी (सीपीएम) काडरले धरातलीय स्तरमा भाजपालाई चुपचाप सहायता गरिरहेको छ । मुख्यमन्त्री ममता बनर्जीप्रतिको घृणाका कारण सीपीएमले भाजपालाई मद्दत गरिरहेको हो ।
बंगालमा भाजपासँग अन्य राजयमा जस्तो बलियो संगठनको अभाव छ । त्यसकारण धरातलीय स्तरमा टीएमसी र प्रभावहीन कांग्रस तथा लेफ्टको तुलनामा भाजपा त्यहाँ कमजोर छ । पार्टीका चुनाव व्यवस्थापकहरूले अप्रत्याशित मानिसहरूको समर्थनको भरोसा आफूहरूले गरिरहेको बताए ।
त्यस्ता मानिसका सीपीएम कार्यकर्ता पनि संलग्न छन् । यी कार्यकर्ताहरू सत्ताधारी पार्टीबाट प्राप्त उत्पीडन र बढ्दो शक्तिलाई टक्कर दिनका लागि ममताविरुद्ध उभिएका छन् । यसका लागि उनीहरू भाजपासँग हात मिलाउन पनि हिचकिचाएका छैनन् ।
३४ वर्षसम्म वामपन्थी शासन चलाएपछि सीपीएमलाई टीएमसीले सत्ताच्युत गरेको थियो । सत्ता गुमाएपछि टीएमसीबाट लगातार आक्रमण झेलेको सीपीएमले आफ्ना कार्यकर्तालाई मतदान केन्द्र तथा वडा स्तरमा भाजपालाई सहयोग गर्न भनिरहेको छ । लेफ्टको अलिकति मात्र पकड भएको ठाउँमा पार्टीले भाजपालाई सहयोग गरिरहेको छ ।
भाजपालाई सीपीएम काडरबाट प्राप्त सहयोगलाई विचार गर्दै ममताले पार्टी कार्यकर्ताहरूलाई सावधान रहन भनेकी छन् । आफ्ना चुनावी सभामा उनी भन्ने गर्छिन्, ‘सीपीएम कार्यकर्ताहरूबाट सावधान रहनू । उनीहरू हाम्रा शत्रुलाई मद्दत गरिरहेका छन् । होशियार रहनू ।’
एजेन्सी