२४ असार २०८३, बुधबार

अन्यायमा परेकालाई न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल

बैशाख २६, २०७६
अन्यायमा परेकालाई न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल
फाइल फोटो

हेटौंडा- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरूले निष्पक्ष रूपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताएका छन् । 

प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा बिहीवार हेटौंडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै उनले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनुपर्ने बताए । 

अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ । न्यायमा सबै नागरिकको पहुँच हुनुपर्ने बताउँदै उनले भने, 'सबै क्षेत्रमा सबैको समान पहुँच हुनुपर्छ । न्याय दिने न्यायमूर्तिले निष्पक्ष रूपमा न्याय दिनुपर्छ ।'

उनले सरकारले गर्ने गौरवका आयोजनामा बाधा–अवरोध आएकाले त्यसो नगर्न आग्रहसमेत गरे ।

प्रदेश ३ कै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले पहुँचका आधारमा न्याय दिने काम अब रोकिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्