२१ जेठ २०८३, बिहीबार

परिवारकै दोहोरो नागरिकताः भारतमा रासनकार्ड, नेपालमा वृद्धाभत्ता

बैशाख २७, २०७६
परिवारकै दोहोरो नागरिकताः भारतमा रासनकार्ड, नेपालमा वृद्धाभत्ता

विराटनगर — सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन् । 

भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ। उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ।

आजको कान्तिपुरमा परिवारले नै दोहोरो नागरिकता लिएर सुविधा लिइएको पाइएको खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्