०२ असार २०८३, मंगलबार

निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान  मार्ने धम्की

बैशाख २७, २०७६
निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान  मार्ने धम्की

 काठमाडौं–सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

व्यवसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की आएपछि केही साताअघि नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्