०८ साउन २०८३, शुक्रबार

आफूलाई नसोधी पत्नीले डिग्री पढ्न थालेको भन्दै पतिले काटिदिए औंला

बैशाख २७, २०७६
आफूलाई नसोधी पत्नीले डिग्री पढ्न थालेको भन्दै पतिले काटिदिए औंला

काठमाडौं –आफूलाई नसोधिकनै डिग्री पढ्न लागेको भन्दै बंगलादेशमा एक ईर्ष्यालु पतिले पत्नीको औंला काटिदिएका छन् । 

रफिकुल इस्लाम नामक ती पतिले आफ्नी पत्नी हवा अख्तरलाई आँखा बाँधेर अनि मुख थुनेर सरप्राइज गिफ्ट दिने बताए । 

अनि उनले पत्नीलाई हात तेर्स्याउन लगाएर उनको सबै पाँच औंला काटिदिए । त्यसपछि उनका एक नातेदारले अख्तरका औंला डस्टबिनमा फालिदिए । चिकित्सकहरूले औंला फेरि जोड्न नसकून् भनी डस्टबिनमा फ्याँकिएको हो । 

संयुक्त अरब अमिरातमा काम गर्ने इस्लामले पत्नीलाई पढाइ नछोडेमा खतरनाक परिणाम आउने चेतावनी दिएका थिए । 

‘ऊ बंगलादेश आएपछि मसँग छलफल गर्न चाहन्थ्यो,’ अख्तरले भनिन् ।

‘उसले अचानक मेरो आँखामा पट्टी लगायो अनि हात बाँधिदियो । उसले मेरो मुखमा पनि टेप लगायो र सरप्राइज गिफ्ट दिन्छु भन्यो । तर उसले मेरो औंला काटिदियो ।’

बंगलादेशका प्रहरी प्रमुख मोहम्मद सलुद्दीनले इसलामलाई ढाकामा पक्राउ गरेपछि उनले अपराध स्वीकार गरेको र उनीमाथि अर्काको स्थायी रूपमा अंगभंग गरेको अभियोग लगाइने बताए । 

मानवअधिकारवादी समूहहरूले इस्लामलाई जन्मकैद दिनुपर्ने माग राखेका छन् । 

‘ऊ रिसाएको थियो । आफूले जम्मा आठ कक्षा पास गरेको अनि पत्नी चाहिँ कलेजमा पढ्न गएकोले ऊ ईर्ष्यालु बनेको थियो,’ सलुद्दीनले भने ।

अख्तरले देब्रे हातले लेख्न सिकेको र पढाइ जारी राख्ने बताएकी छन् । अहिले उनी आफ्ना आमाबुवाको घरमा छिन् । 

बंगलादेशमा यसअघि पनि शिक्षित महिलामाथि आक्रमणका घटना हुने गरेका छन् ।

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्