२९ जेठ २०८३, शुक्रबार

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गिरफ्तार, प्रतिकार गर्ने जनसरकार प्रमुखको चेतावनी

बैशाख २७, २०७६
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गिरफ्तार, प्रतिकार गर्ने जनसरकार प्रमुखको चेतावनी

धनगढी- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूह निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बबरजंग सिंह शुक्रबार पक्राउ परेका छन् ।

उनलाई प्रहरीको गस्ती टोलीले धनगढीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले बताए ।

सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएपछि हालसम्म विप्लवका डेढ दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बस्नेतले जनाए ।

उनीहरुविरुद्ध राजद्रोह, अपराधिक षडयन्त्र, राष्ट्रहित प्रतिकुल कार्य, संगठित अपराध शिर्षकमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैबीच थारुवान जनपरिषद नेपाल कैलालीका जनसरकार प्रमुख करन थारुले एक विज्ञप्ती जारी गर्दै सरकारको विरोध गरेका छन् । आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी नरोकिए र रिहाई नगरिए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्