
काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेड र एशियन लायफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदानप्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरूले मुलुकभर फैलिएको ८३ वटै शाखाबाट सहज रूपमा एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरू खरीद गर्न सक्नेछन् ।
सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा ८३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।