०२ असार २०८३, मंगलबार

पश्चिम बंगालमा ममताको गढ भत्काउने दाउमा भाजपा

बैशाख २९, २०७६
पश्चिम बंगालमा ममताको गढ भत्काउने दाउमा भाजपा

काठमाडौं – भारतमा आइतवार छैठौं चरणको मतदान चलिरहँदा पश्चिम बंगालको आठमध्ये चार लोकसभा सीटमा कडा सुरक्षाका बीच मतदान भइरहेको छ । 

मेदिनीपुर, झारग्राम, बांकुरा र पुरुलिया यी चार सीट जंगलमहलमा पर्छन् र यहाँ ममता बनर्जीको दबदबा थियो । 

तर विगत एक वर्षमा भारतीय जनता पार्टी (भाजपा) ले त्यहाँ आफ्नो जरा फैलाउने काम गरेको छ । 

मेदिनीपुरको खडगपुर र वरपरका क्षेत्रमा राजनीतिक धरातल बलियो बनाउने कोशिशमा भाजपा जुटेको छ । भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले त्यहाँ राम नवमी जुलुस पनि निकालेका थिए । 

मेदिनीपुरमा घोष र टीएमसीका राज्यसभा सदस्य मानस भूनियाबीच प्रतिष्ठाको लडाईं छ । पश्चिम मेदिनीपुरको तामलुक र कांठीलाई राज्यमन्त्री सुवेन्दु अधिकारी र उनका पिता शिशिर अधिकारीको इलाका मानिन्छ । 

घाटालमा तृणमूल र भाजपाबीत सीधा लडाईं छ भने बांकुराका त्रिकोणीय प्रतिस्पर्धा छ । राज्यमा अघिल्लो वर्ष भएको गाउँ पञ्चायत चुनावमा भाजपाले पुरुलियामा सबभन्दा धेरै सीट जितेर सबैलाई आश्चर्यमा पारेको थियो । पार्टीले झारग्राम र पश्चिम मेदिनीपुरमा पनि राम्रो प्रदर्शन गरेको थियो । अनुसूचित जाति र आदिवासीहरूबीच पार्टीको पहुँच बढेको संकेत यसबाट प्राप्त भएको थियो । 

सन् २०१४ मा भएको आमचुनाव र सन् २०१६ को विधानसभा चुनावमा तृणमूलको भोट शेयर लेफ्ट र भाजपाको भन्दा बढी थियो । तर सन् २०१८ पछि भाजपाले आफ्नो आधार बलियो बनाएको छ । 

लेफ्ट चाहिँ आफ्नो भोट शेयर बचाउन खोजिरहेको छ । सरकारविरुद्धको आक्रोशले आफूलाई फाइदा हुने आँकलन भाजपाले गरिरहेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्