०९ असार २०८३, मंगलबार

सत्यमोहन जोशीको जन्मदिनमा आज सार्वजनिक बिदा

बैशाख ३०, २०७६
सत्यमोहन जोशीको जन्मदिनमा आज सार्वजनिक बिदा

काठमाडौं–वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्र्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मानमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन् । 
 महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ । 

    महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा भएको तथा उनको नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए ।   पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सगका उपलक्ष्यमा महानगरले यस वर्षभरि  नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्