०२ असार २०८३, मंगलबार

असिना पानीसँगै परेको चट्याङले ८ जना घाइते

बैशाख ३०, २०७६
असिना पानीसँगै परेको चट्याङले ८ जना घाइते

खोटाङ – हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा ८ जना गम्भीर घाइते भएका छन् ।

आइतवार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् ।

घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरेर आइतवार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो ।

घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको श्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्