२८ जेठ २०८३, बिहीबार

कम्पनको दोस्रो संस्करणको न्युयोर्कबाट औपचारिक लोकार्पण

बैशाख ३०, २०७६
कम्पनको दोस्रो संस्करणको न्युयोर्कबाट औपचारिक लोकार्पण

न्युयोर्क – पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनको दोस्रो संस्करण न्युयोर्कबाट लोकार्पण गरिएको छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । 

नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, वरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, कानूनविद् तथा पुस्तकका पात्र खगेन्द्र जीसी र सामाजिक व्यक्तित्व डा. विनोद शाहले पुस्तकको लोकार्पण गरे ।

न्युयोर्कमा रहेका नेपाली र विभिन्न संघसंस्थाका व्यक्तित्वबीच पुस्तकको लोकार्पण गरिएको हो । पुस्तक लोकार्पणपछि महावाणिज्यदूत पुष्पराज भट्टराई, कानूनविद् खगेन्द्र जीसी र डा. विनोद शाहले पुस्तक नेपालको महाभूकम्पकको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै पुस्तकका लेखकलाई शुभकामना दिए । कार्यक्रम महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

कार्यक्रममा महाभूकम्पको असर र पुनर्निर्माणको अवस्थाबारे बहस समेत गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रदीप परियार थापाले गरेका थिए भने दोस्रो चरणको सहजीकरण सञ्चारकर्मी सुरेश शाहीले गरेका थिए ।

कम्पनको पहिलो संस्करण गत वर्ष पूर्व प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल लगायतले काठमाडौंमा आयोजित कार्यक्रमममा लोकार्पण गरिएको थियो भने विश्वव्यापी लोकार्पण मे ११ मा न्युयोर्कमा गरिएको थियो । पुस्तकको दोस्रो संस्करण नेपालमा दोस्रो ठूलो भूकम्प आएकै दिन न्युयोर्कमा लोकार्पण गरिएको थियो । नेपालको दोस्रो ठूलो भूकम्पमा डेढ सयभन्दा धेरैको ज्यान गएको थियो । 

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तकमा भूकम्पका पीडित, भूकम्पपछिको उद्दार र राहतमा खटिनेहरु, भूकम्पबाट बाँच्न सफल हुनेहरू लगायतका रोचक स्मरण समेटिएको छ । दोस्रो संस्करणमा पहिलो संस्करणपछिका पुस्तकका समीक्षा र भूकम्पको इतिहासलाई पनि समेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्