०२ असार २०८३, मंगलबार

आगलागीमा दुई घर जलेर नष्ट

बैशाख ३०, २०७६
आगलागीमा दुई घर जलेर नष्ट
सन्दर्भ तस्वीर

खोटाङ- आगलागीमा दुई घर जल्दा खोटाङमा साढे ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

आइतवार ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घरमा आगलागी हुँदा सुवासको छ लाख ८५ हजार र नरबहादुरको दुई लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए । 

नरबहादुरको घरबाट आगो सल्के पनि त्यसका कारण खुल्न नसकेको र आगलागीमा परी घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएकाले दुई दलित परिवारको विचल्ली भएको छ । आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । पीडित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्