२९ असार २०८३, सोमबार

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको पदपूर्ति खुला प्रतिस्पर्धाबाट

बैशाख ३०, २०७६
सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको पदपूर्ति खुला प्रतिस्पर्धाबाट

काठमाडौँ– सरकारले खुल्ला प्रतिस्पर्धाबाट सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको पदपूर्ति गर्ने भएको छ । 

    कार्यकारी निर्देशकको नियुक्तिका लागि कोषले आज एक सूचना जारी गर्दै सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको छनोट, पारिश्रमिक, सुविधा तथा सेवा सर्तसम्बन्धी विनियमावली, २०७६ बमोजिमको शैक्षिक योग्यता र अनुभव भएका व्यक्तिले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ । 

    सम्पूर्ण नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने जिम्मेवारी कोषसँग रहेको छ । कोषको काम कारवाहीलाई प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्नका लागि खुल्ला प्रतिस्पर्धाबाट योग्य कार्यकारी निर्देशक छनोट गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    कार्यकारी निर्देशकका लागि दरखास्त दिने व्यक्तिले कोषको उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, मानव संसाधन व्यवस्थापन, वित्तीय व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुदृढीकरण र क्षमता विस्तार, सूचना प्रविधिको उपयोग, कार्यक्षेत्र विस्तार, योगदानकर्तामैत्री सेवा प्रवाह, लगानी व्यवस्थापन, वित्तीय जोखिम व्यवस्थापन जस्ता विषय सम्बोधन गर्ने कार्ययोजना पेश गर्नुपर्ने कोषले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्