२१ जेठ २०८३, बिहीबार

विवादित डीएसपीमाथि एक्सन, त्रिवि सेवा आयोगमा अख्तियारको छापा

बैशाख ३१, २०७६
विवादित डीएसपीमाथि एक्सन, त्रिवि सेवा आयोगमा अख्तियारको छापा

काठमाडौं– गैरकानुनी हिरासतभित्र दलित बालकको रहस्यमय मृत्युपछि विवादमा आएका इलाका प्रहरी कार्यालय बिर्तामोड झापाका डीएसपी सुवास खड्का कारबाहीमा परेका छन् । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–छानबिनका लागि भन्दै उनलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर तानिएकोछ । 

नाबालक मृत्युको विषय प्रहरी र राजनीतिक दलले सामसुम पार्न खोजेपनि खड्का अर्को विवादमा परेपछि कारबाहीमा परेका हुन् । 

खड्काको कार्यकक्षमा एक जना युवाले फोटो खिचेर सामाजिक सञ्चालमा पोस्ट गरे । टेबुलमा रहेको नेमप्लेटमा खड्काको नाम छ । तर, कुर्सीमा बसेर दमक घर बताउने ३० वर्षीय हर्कराज गुरुङले तस्बिर खिचेका छन् । गुरुङले सो तस्बिर पोस्ट गरेपछि खड्का कारबाहीमा परेका हुन् । खड्काले विवादित उनलाई संरक्षण गर्दै आएका थिए ।  

यसैबीच आफन्तलाई भर्ती केन्द्र बनाइएको खुलासा भएको त्रिवि सेवा आयोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्