२१ जेठ २०८३, बिहीबार

चन्द्रमा लगातार खुम्चिँदै गएको नासाको ठहर

बैशाख ३१, २०७६
चन्द्रमा लगातार खुम्चिँदै गएको नासाको ठहर

काठमाडौं – अमेरिकी अन्तरिक्ष निकाय नासाले १२ हजारवटा तस्वीरको अध्ययन गरेर पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा लगातार खुम्चिँदै गएको निष्कर्ष निकालेको छ । 

मानिसको अनुहारमा चाउरी परे जस्तो चन्द्रमामा चाउरी परेको छ । नासाले लुनार रिकोनेसा अर्बिटरबाट लिइएको तस्वीरको अध्ययन गरेर यसको जानकारी सोमवार प्रकाशित रिपोर्टमा दिएको हो । 

तस्वीर विश्लेषणपछि नासाले चन्द्रमाको उत्तरी ध्रुवनजिक मारे फ्रिगोरिसमा चिरा परेको र त्यो आफ्नो ठाउँबाट घर्किएको जनायो । चन्द्रमाका विशाल बेसिनहरूमध्ये एक मारे फ्रिगोरिसलाई भूवैज्ञानिक दृष्टिकोणले मृत स्थल मानिन्छ । 

चन्द्रमामा टेक्टोनिक प्लेट हुँदैन तर त्यहाँ पनि टेक्टोनिक गतिविधि भेटिएकाले वैज्ञानिकहरू आश्चर्यमा परेका छन् । वैज्ञानिकहरूका अनुसार, चन्द्रमामा यस्ता गतिविधि ऊर्जा गुमाउने प्रक्रियाअन्तर्गत साढे ४ अर्ब वर्षअघि भएको थियो ।

यसले गर्दा चन्द्रमाको सतहमा किससिममा जस्तो चाउरी पर्ने गर्छ । प्रक्रिया चल्दा चन्द्रमामा भूकम्प आउँछ । ऊर्जा गुमाइरहेका कारण चन्द्रमा विगत लाखौं वर्षयता लगभग १५० फीट खुम्चिएको छ । 

मेरिल्यान्ड विश्वविद्यालयका भूगर्भवैज्ञानिक निकोलस चेमरले लाखौं वर्षपहिले भएको भौगर्भिक गतिविधि आज पनि जारी रहेको सम्भावना देखाएका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्