काठमाडौं- गायिका टीका प्रसाइँको 'तिमी साथ भएपछि' बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
बुधवार युट्युबमार्फत प्रसाइँको उक्त गीत नेपाली वेबसाइट नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतलाई सुरेश वाग्लेले लेखेका हुन् भने संगीत हरि लम्सालको छ ।
गोपाल रसाइलीले एरेन्ज गरेको गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् ।
अर्जुन अधिकारी निर्देशन गरेको म्युजिक भिडियोमा पल शाह र आँचल शर्माको फिचरिङ देख्न सकिन्छ ।
भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :