२८ जेठ २०८३, बिहीबार

पहिरो रोक्ने काम वर्षात अगाडि नहुने, यो वर्षपनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

जेठ १, २०७६
पहिरो रोक्ने काम वर्षात अगाडि नहुने, यो वर्षपनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

चितवन–नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्ने काम वर्षात अगाडि नहुने भएको छ । गत वर्षको वर्षातमा भासिएका दुई ठाउँको पुनःनिर्माण कार्य पनि यो वर्षात अघि नहुने भएको छ । 

    नारायणगढ–मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकका सात ठाउँ पहिरोका दृष्टिले उच्च जोखिममा रहेका छन् । उहाँका अनुसार भालुढुङ्गा र चार किलोमा गत वर्ष काम गर्न सकिएको थिएन । गएकै वर्षातमा थप पाँच ठाउँमा पहिरो खस्ने समस्या देखिएको थियो । 

    ती ठाउँ गाईघाट, घुमाउने, चारकिलो नजिक टोपे खोला र कालीखोलामा पहिरो रोक्नुपर्ने अवस्था छ । ती ठाउँमा गतवर्ष अन्य ठाउँमा गरिएका ‘रक नेटिङ्’ , ‘रक बोल्टिङ्’ , बायो इञ्जिनीयरिङ्सँगै नयाँ प्रविधि ‘रवर सिल’ गर्ने तयारी गरिएको छ ।

    यस्तै सोही सडक खण्डको १७ किलो र २६ किलोमा गतवर्ष काम गर्दागर्दै सडक भासिएको थियो भने २४ किलोमा नदी छेउमा राखिएको ब्लक बगाएको थियो । खनालका अनुसार १७ किलोमा ४० मिटर लामो र ६ मिटर चौडाइ सडक तीन दशमलब ५ मिटर धसिएको छ । त्यस्तै २६ किलोमा ७० मिटर लामो र ७ मिटर चौडाइ सडक ४० सेन्टिमिटर भासिएको छ । साथै २४ किलोमा त्रिशूली तर्फ राखिएका ब्लकमध्ये ३५÷३६ वटा बगाएका छन् ।

    सो सकडको पहिरो रोक्ने कामको बोलपत्र आव्ह्वान भइसकेको छ भने भासिएको ठाउँ बनाउनका लागि विस्तृत अध्ययनको काम भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्