२२ जेठ २०८३, शुक्रबार

पर्यटक प्रहरीमा पर्छन् विदेशीका यस्ता उजुरी

जेठ २, २०७६
पर्यटक प्रहरीमा पर्छन् विदेशीका यस्ता उजुरी

काठमाडौं– नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका पर्यटकले नेपाल प्रहरी अन्तर्गतको पर्यटक प्रहरीमा एक वर्षमा ५ सय ४६ उजुरी दर्ता गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

 काठमाडौं उपत्यकाका १० विभिन्न स्थानमा पर्यटक प्रहरीको कार्यालय खुलेका छन् । उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी सन २०१८ को सुरुवातदेखि २०१९ को हालसम्म ५ सय ४६ उजुरी दर्ता भएको हो ।  उपत्यकाबाहिर समेत १२ जिल्लामा पर्यटक प्रहरी कार्यालय सञ्चालनमा छ । देशैभर गरी २५ स्थानमा पर्यटक प्रहरीको कार्यालय रहेको छ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार पर्यटकका अधिकांश पासपोर्टसहितका विभिन्न कागजपत्र र मोबाइल हराएको उजुरी छ ।
यस्तै, होटलबाटै सामान चोरी भएका, ट्याक्सीमा सामान छुटेका, सँगै घुम्न हिँडेका गाइडबाटै धोका पाएका उजुरी पर्यटक प्रहरीमा दर्ता भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्