
काठमाडौं – इंग्ल्यान्डले पाकिस्तानविरुद्धको शृंखलाको तेस्रो एकदिवसीयमा ३५९ रनको लक्ष्य चार विकेट गुमाएर पूरा गरेको छ । एकदिवसीयमा चेज गरेर इंग्ल्यान्डले पाएको यो दोस्रो ठूलो जीत थियो ।
इंग्ल्यान्डले यो लक्ष्य पाँच विकेट बाँकी छँदै हासिल गरेको थियो । अचम्मको कुरा त, उसले यति ठूलो स्कोर सहजै चेज गरेको हो ।
यस्तोमा अब ३५० रनको स्कोरलाई पनि सुरक्षित मान्न नसकिने देखिएको छ ।
यसअघिको विश्वकपपछि खेलिएको ४६९ एकदिवसीय म्याचमध्ये १२८ म्याचमा पहिले ब्याटिङ गरेको टीमले ३०० भन्दा बढी रन बनाएका छन् । तर ७७ प्रतिशत म्याचमा मात्र पहिले ब्याटिङ गर्ने टीमले विजय हासिल गरेको छ ।
४०० भन्दा बढी रन बनेको ५ म्याचमा चाहिँ जीतका लागि त्यति स्कोर पर्याप्त देखिएको छ ।
प्रश्न उठ्छ, इंग्ल्यान्डमा पहिले ब्याटिङ गर्दा सुरक्षित स्कोर कति हो ? सन् २०१५ को विश्वकपपछि इंग्ल्यान्डमा ५६ एकदिवसीय खेलिएका छन् । तीमध्ये १८ पटक ३०० भन्दा बढीको लक्ष्य हासिल गरिएको छ ।
खासमा मंगलवार पाकिस्तानविरुद्ध पाएको जीत घरेलु मैदानमा लक्ष्य पछ्याउँदै इंग्ल्यान्डले लगातार १६औं जीत हासिल गरेको हो ।
अघिल्लो विश्वकपदेखि अहिलेसम्म खेलिएका अन्तर्राष्ट्रिय एकदिवसीयमा कुनै टीमले बनाएको सर्वाधिक स्कोरको कीर्तिमान भंग भएको छ । यो कीर्तिमान इंग्ल्यान्डमा इंग्ल्यान्ड आफैंले तोडेको हो ।
पाकिस्तानविरुद्ध अगस्ट २०१६ मा तीन विकेटको क्षतिमा उसले ४४४ रन बनायो भने सन् २०१८ को जुन महिनामा उसले अस्ट्रेलियाविरुद्ध ६ विकेटको क्षतिमा ४८१ रन बनायो । यी दुवै म्याच नटिंघममा खेलिएका थिए ।
यसका साथै इंग्ल्यान्डले पाँचपटक ४०० भन्दा माथिको स्कोर बनायो र चारपटक त्यसलाई डिफेन्ड ग–यो । तीनपटक उसले घरेलु मैदानमा यो उपलब्धि हासिल गरेको हो ।
एजेन्सी