
इलाम- एक महिनादेखि बालिका बेपत्ता भएपछि परिवारले खोजी शुरू गरेको छ ।
यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया बालिका सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।
उक्त दिन दिउँसो स्थानीय हाटबजार मंगलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी उनी नफर्केपछि दाजु (काकाका छोरा) विक्रम फियाकले छरछिमेक तथा आफन्तमा गुहार्नाका साथै प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको बताए ।
जिल्ला प्रहरी कार्यालयले पनि बालिकाको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताएको छ ।