
काठमाडौं – नेपालको तेस्रो सबभन्दा अग्लो हिमाल कञ्चनजंघा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको शिखरनजिक पुगेपछि मृत्यु भएको उनीहरूको हाइकिङ कम्पनीले बिहीवार जनाएको छ ।
ती पर्वतारोहीहरू विप्लव वैद्य र कुन्तल कनरार हुन् र उनीहरू लगभग ८ हजार मिटरको उचाइमा बुधवार राति मरेका हुन् ।
पीक प्रमोसन हाइकिङ कम्पनीका पासाङ शेर्पाले बताएअनुसार, वैद्य कञ्चनजंघाको चुचुरोमा बुधवार पुगेपछि ओर्लिने क्रममा बिरामी भए अनि मृत्युवरण गरे । कनरार चाहिँ टुप्पोमा पुग्ने क्रममै बितेको उनले बताए ।
यी दुवै पर्वतारोही कोलकातामा बस्थे ।
अहिले पर्वतारोहणको मौसम चलिरहेकाले सयौं पर्वतारोहीहरू अनेकौं हिमाल चढिरहेका छन् ।
रोयटर्सबाट