०७ असार २०८३, आइतबार

नेकपा सचिवालय बैठक : अधिकांश जनवर्गीय संगठनको नेतृत्वमा सहमति, पोलिटब्युरोमा अझै विवाद !

नेकपा सचिवालय बैठक : अधिकांश जनवर्गीय संगठनको नेतृत्वमा सहमति, पोलिटब्युरोमा अझै विवाद !

काठमाडौँ - बिहीवार साँझ बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । बालुवाटारमा बसेको बैठकले विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रंजित तामाङ रहने निर्णय गरेको हो ।

युवा संगठनमा वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा र सहसंयोजकको पदमा युवा संघका अध्यक्ष रमेश पौडेललाई राख्ने निर्णय गरेको छ । रमेश पौडेलले नमानेको खण्डमा किरण पौडेललाई सहसंयोजक बनाउने तयारी रहेको स्रोतले बतायो । 

बैठकले प्रेस संगठनमा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई संयोजक र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत सहसंयोजक बनाउने गरी सहमति जुटेको छ भने महिलामा संगठनको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेललाई राख्ने सहमति भएको छ । 

मजदुर संगठनको नेतृत्वमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडालाई राख्ने सहमति जुटेको एक सचिवालय सदस्यले बताए भने दिनेशचन्द्र देवकोटालाई बुद्धिजीवी संगठनको संयोजक र कृष्ण केसीलाई सहसंयोजक बनाउने सहमति भएको छ ।

पोलिटब्युरो गठनमा भने अझै सम्म सहमति जुट्न सकेको छैन । जेठ ३ गते(भोलि) मदन-आश्रित स्मृति दिवसका दिन पोलिटब्युरो घोषणा हुने सम्भावना न्यून रहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्