२० असार २०८३, शनिबार

भूमाफियाले बानेश्वरमा यसरी गरे ११ रोपनी जग्गा कब्जा

जेठ ४, २०७६
भूमाफियाले बानेश्वरमा यसरी गरे ११ रोपनी जग्गा कब्जा

काठमाडौं–सामाजिक संस्थाको नामबाट बानेश्वरको ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

बानेश्वरस्थित भद्राकुमारी घले सेवा सदनको नामबाट झन्डै ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत फाइदाका लागि उपयोग गरेको पाइएको हो । सो संस्थाको भवन संस्थाको नाममा रहेको जग्गामा नभई खोलाको बगरमा बनाइएको छ ।
काठमाडौं महानगरपालिका–१० स्थित देवीनगरमा रहेको बानेश्वरको सिट नम्बर ११४६–०२ को कित्ता नम्बर १२, २२३, २२६, १३ र २२५ अन्तर्गतका करिब ११ रोपनी सार्वजनिक जग्गामा भद्रा घले सेवा सदनको नाममा जग्गा लिइएको स्थानमा विभिन्न टहरा, स्कुल सहकारी संस्था, पसल सञ्चालन भएकाले सो कार्य गैरकानुनी भएको पाइएको हो ।
सेवा सदनको नाममा बोर्ड राखी सो जग्गामा व्यक्तिगत बोर्डिङ र त्रिपक्षीय सहकारी संस्था, व्यक्तिगत गेस्ट हाउस तथा सटर पसल निर्माण गरी भाडामा लगाइएको पाइएकाले तत्काल हटाउन राष्ट्रिय सर्तकता केन्द्रको अध्ययन प्रतिवेदनले सरकारसमक्ष सिफारिस गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्