२१ जेठ २०८३, बिहीबार

कलिलैमा स्कुल बालमस्तिष्कमा असर

जेठ ५, २०७६
कलिलैमा स्कुल बालमस्तिष्कमा असर

काठमाडौँ–बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । 
सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुबै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पु¥याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो । 
सानै उमेरमा स्कुल पठाउँदा उनीहरूलाई धेरै शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । धेरै कुरा सिकाइन्छ । त्यो भार उनीहरूको क्षमताले नधान्ने विज्ञको भनाइ छ । 
अमेरिकामा गरिएको ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एन्ड मच टु लुज’ नामक रिपोर्टमा प्राध्यापक न्यान्सी कार्ससन–पेग र उहाँका सहकर्मीले बालबालिकालाई कलिलै उमेरमा पढाउनु खतरा हुने उल्लेख गर्नुभएको छ । 
बालरोग विशेषज्ञ रमेश मल्लले हामी विद्यालयको भन्दा आफ्ना नानीबाबुमा दोष देख्छौँ, यो गलत हो भन्नुभयो । बालविशेषज्ञ मल्ल भन्नुहुन्छ, ‘‘पढाइ सामग्रीमा राम्रो गर्न नसक्ने बालबालिकालाई पढाइमा सुस्त भएको भनिन्छ, यो भन्नु गलत हो, सबै बच्चामा छिटो सम्झन सक्ने क्षमता हुँदैन तर त्यो बच्चालाई सुस्त भन्न मिल्दैन ।’’ गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्