२२ असार २०८३, सोमबार

नेकपाको सचिवालय बैठक अनिश्चित : केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनमा अझै जुटेन सहमति

नेकपाको सचिवालय बैठक अनिश्चित : केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनमा अझै जुटेन सहमति

काठमाडौँ - वर्षदिन पुग्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया पूर्ण रूपमा नटुंगिएपछि पार्टीका शीर्ष नेतृत्वमाथि दबाब सृजना भएको छ । दबाबका बीच आइतवार बिहान सचिवालय बैठक बस्ने तय गरिएको थियो । तर बैठक दिउँसो १ बजेसम्म पनि बस्न सकेको छैन । बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनका विषयमा छलफल हुने सक्ने बताइएको थियो ।

पार्टी एकीकरण भएको वर्षदिनमा एकताका सबै कामहरू टुंग्याउने भनिएको भएतापनि अस्ति जेठ ३ गते जनवर्गीय संगठनको नेतृत्व घोषणाबाहेक अरु केही भएन ।

आइतवार बस्ने भनिएको सचिवालय बैठकमा पार्टीको पोलिटब्युरो गठनको विषय लगायत केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने, विशेष प्रदेश कमिटी गठन गर्ने, विशेष जिल्ला कमिटी गठनको छलफललाई अन्तिम रुप दिने विषय समेटिएको भएता पनि बैठक अनिश्चित बनेको छ । 

'नेताहरूको व्यस्तताका कारण अहिलेसम्म बैठक बस्न सकेको छैन, सम्भवतः भोलि बस्ने कार्यक्रम तय हुने सम्भावना छ,' एक सचिवालय सदस्यले लोकान्तरसँग भने, 'छिटो भन्दा छिटो बैठक बसेर एकताका बाँकी कामहरू पूरा गर्ने विषयमा हामी दृढ छौं ।' 

केन्द्रीय सदस्य संख्याको एक तिहाइ संख्या राखेर पोलिटब्युरो बनाउने सक्ने विधानमा उल्लेख गरिएको छ । पोलिटब्युरो १४७ जनाको हुने भन्ने पहिल्यै तय भइसकेको भएता पनि आन्तरिक विवादका कारणले हालसम्म सदस्यहरूको टुंगो लागेको छैन ।

८१ जना पोलिटब्युरो पूर्वएमालेको भागमा र ६६ जना पूर्वमाओवादीको भागमा पर्नेगरी संरचना तयार गर्ने यसअघि नै मोटामोटी सहमति भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्