काठमाडौं, ३ पुस –स्वर्गीय नेता गणेशमान सिंहको जावलाखेलमा स्थापना गरिएको पूर्णकदको सालिक आइतवार बिहान उनका पुत्र एवं पूर्व उप –प्रधानमन्त्री प्रकाशमान सिंहले अनावरण गरेका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को हातामा रहेको उद्यानमा आयोजित अनावरण समारोहमा नेपाली काँग्रेसका कार्यकर्ता र ललितपुरका बासिन्दाहरू सहभागी भएका थिए ।
स्वर्गीय गणेशमान सिंहले निरंकुश राणा शासनको समयदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०४६ सालको बहुदल स्थापना गर्ने आन्दोलनमा उनी ‘सर्वोच्च कमाण्डर’ थिए ।
विश्वेश्वरप्रसाद (वीपी) कोइरालाका निकट सहयोगी सिंह र उनका समकालीन प्रजातान्त्रिक योद्वा कृष्णप्रसाद भट्टराईको पनि केही वर्षअघि निधन भईसकेको छ ।