३१ असार २०८३, बुधबार

लक्ष्मी बैंकको १०४ औं र १०५ औं शाखा गुलेरिया र तुलसीपुरमा

लक्ष्मी बैंकको १०४ औं र १०५ औं शाखा गुलेरिया र तुलसीपुरमा

काठमाडौं- लक्ष्मी बैंकले बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा आफ्नो १०४ औं र १०५ औं शाखा सञ्चालनमा ल्याएको छ । यससँगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको छ ।

यी शाखाहरूमार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । 

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४७ जिल्लामा १०५ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यी शाखाहरूका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनकबचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमालगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्