२५ असार २०८३, बिहीबार

दिमागी सोचबाटै ड्रोन, रोबोट र अन्य यन्त्र नियन्त्रण गर्ने प्रविधि बन्दै

दिमागी सोचबाटै ड्रोन, रोबोट र अन्य यन्त्र नियन्त्रण गर्ने प्रविधि बन्दै

काठमाडौं – अमेरिकी सेनाले नयाँ प्रविधि विकसित गरिरहेको छ । यो प्रविधिको सहायताले सैनिकहरू आफ्नो विचारबाटै ड्रोन, रोबोट र अन्य यन्त्रलाई नियन्त्रण गर्न सक्छन् । 

यूएस डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी (डार्पा) ले वैज्ञानिकहरूको एक टोलीसँग दुई करोड डलरको सम्झौता गरेको छ ।

डार्पाले एक बयान जारी गरेर ब्रेन मशिन इन्टरफेस निर्माण गर्नका लागि वैज्ञानिकहरूको टोलीलाई ग्रान्ट दिइएको बतायो । 

न्यानोट्रान्सड्युसर वा न्यानो सेन्सरलाई अस्थायी रूपमा शरीरमा सुईमार्फत पसाइन्छ । यसको सहायताले हाम्रो दिमागले ट्रान्ससिभर प्रयोग गरेर मशिन, रोबोट र ड्रोनसँग सम्पर्क गर्न सक्छ । 

यस प्रणालीलाई ब्रेनस्टोर्म नाम दिइएको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्