
काठमाडौं – भारतको लोकसभा चुनावको परिणामको रुझान सार्वजनिक भइरहँदा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले बहुमत पाउने लक्षण देखाएको छ ।
ताजा रुझानमा भाजपा एक्लैले २८२ सीटमा अग्रता लिइसकेको छ । यही लक्षण रहिरहने हो भने भाजपाले अघिल्लो चुनावमा ल्याएको २८२ सीटभन्दा पनि बढी ल्याउने देखिएको छ ।
अनि एनडीएले ३३३ सीटमा अग्रता लिइरहेको छ ।
उता कांग्रेस नेतृत्वको यूपीएले जम्मा १०४ सीटमा अग्रता ल्याएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी अमेठी निर्वाचन क्षेत्रमा भाजपाकी स्मृति इरानीभन्दा पछि परेका छन् ।
वाराणसी सीटमा प्रधानमन्त्री नरेन्द्र मोदी ५० हजार भोटका साथ अघि छन् ।
उत्तर प्रदेशमा समाजवादी पार्टी र बहुजन समाज पार्टीको महागठबन्धन असफल हुने लक्षण देखिएको छ ।
एजेन्सी