३० असार २०८३, मंगलबार

जम्मा १ सीटमा अगाडि छ आम आदमी पार्टी

जम्मा १ सीटमा अगाडि छ आम आदमी पार्टी

काठमाडौं – पञ्जाबको संगरूर सीटमा आम आदमी पार्टीका उम्मेदवार भगवन्त मानले राम्रो अग्रता लिएका छन् । 

त्यहाँ शिरोमणि अकाली दलबाट परमिन्दर सिंह ढींढसा र कांग्रेसका केवल सिंह ढिल्लन पनि उठेका छन् ।

रुझानहरूका अनुसार, भगवन्त मान अघि छन् र केवल सिंह दोस्रो स्थानमा छन् । 

यही एउटा सीटमा मात्र आम आदमी पार्टीका उम्मेदवार अघि छन् । 

अघिल्लो लोकसभा चुनावमा भगवन्तले यही सीटमा राम्रो अन्तरले जीत हासिल गरेका थिए । 

लामो समयसम्म यो सीटमा अकाली दलको कब्जा थियो तर पछि कांग्रेस उम्मेदवारले पनि जीत हासिल गरेका थिए । 

सन् २०१४ मा चाहिँ भगवन्त जितेका थिए । उनी आपका स्टार उम्मेदवार हुन् । उनले कमेडियनका रूपमा आफ्नो पहिचान बनाएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्