काठमाडौं – हिमाचल प्रदेशका चारै सीटको गणना भइरहँदा भाजपाले सबै सीटमा अग्रता लिएको छ ।
हमीरपुर लोकसभा सीटबाट चौथोपटक लडिरहेका अनुराग ठाकुर अघिअघि छन् । मण्डी सीटमा बहालवाला सांसद रामस्वरूप शर्माले अग्रता लिएका छन् ।
शिमला लोकसभा सीटमा भाजपाका सुरेश कुमार कश्यप अनि काँगडा सीटमा भाजपाका किशन कपूर अग्रस्थानमा छन् ।