०८ असार २०८३, सोमबार

पश्चिम बंगालमा भाजपाले ममताको गढ भत्काउला ?

पश्चिम बंगालमा भाजपाले ममताको गढ भत्काउला ?

काठमाडौं – ममता बनर्जीको नेतृत्वमा रहेको तृणमूल कांग्रेस (टीएमसी) ले पश्चिम बंगालको ४२ सीटमध्ये २३ मा अग्रता लिएको छ । 

उसको प्रमुख प्रतिद्वन्द्वी भारतीय जनता पार्टीले १८ सीटमा अग्रता लिएको छ । यो आँकडा भारतको चुनाव आयोगले जारी गरेको हो । 

प्रमुख उम्मेदवारमा ममताका भतिजा अभिषेक बनर्जी अरूभन्दा ७५ हजार भोटले अघि छन् । 

केन्द्रीय मन्त्री बाबुल सुप्रियो आसनसोलमा अघि छन् । त्यहाँ उनको प्रतिस्पर्धा टीएमसी उम्मेदवार मून मून सेनसँग छ । 

एक्जिट पोलहरूले सत्तारूढ टीएमसीको सीट संख्या घट्ने अनुमान गरेका थिए र भाजपाको भोट शेयर बढ्ने संकेत दिएका थिए । 

भाजपाले विगत पाँच वर्षदेखि आफ्नो सम्पूर्ण ध्यान बंगालमा केन्द्रित गरेको थियो । अहिले त्यहाँ भाजपाका दुईजना मात्र सांसद छन् । 

सन् २०१४ मा टीएमसीले ३४ सीट जितेको थियो भने कांग्रेसले चार सीट पाएको थियो । वाममोर्चाले दुई सीट जितेको थियो । 

आफूलाई टीएमसीको भरपर्दो विकल्पका रूपमा स्थापित गर्नका लागि भाजपाले टीएमसीको गढमा धावा बोलेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्