२९ असार २०८३, सोमबार

मोदीको प्रचण्ड जीतको लक्षण देखेपछि भावुक भइन् आमा हीराबेन

मोदीको प्रचण्ड जीतको लक्षण देखेपछि भावुक भइन् आमा हीराबेन

काठमाडौं – भारतमा लोकसभा चुनावको प्रारम्भिक रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी फेरि सत्तामा फर्किने देखिएको छ ।

मोदीको जीतको सम्भावना बन्दा उनकी आमा हीराबेन मोदी गान्धीनगरस्थित आफ्नो घरमा सञ्चारकर्मीसँग भेटिन् । 

हीराबेन एकछिनका लागि बाहिर आइन् र पत्रकारहरूलाई अभिवादन गरिन् । उनी आफ्नो छोराको जीतका सम्बन्धमा आश्वस्त थिइन् ।

त्यस अवसरमा घरका अन्य सदस्य पनि उपस्थित थिए । मोदीकी आमाले हात जोडेर भीडलाई अभिवादन गरिन् ।

यसअघि गुजरातमा भोट हाल्न जाँदा आफ्नी आमाको आशीर्वाद लिएका थिए । 

यसैबीच उनकी आमाले उनलाई आशीर्वादका रूपमा चुनरी दिएकी थिइन् र तिलक लगाएर मिठाइ खुवाएकी थिइन् । 

सन् २०१४ को लोकसभा चुनाव परिणाम आएपछि पनि मोदी आमालाई भेट्न गएका थिए । त्यतिखेर हीराबेनले भनेकी थिइन्, ‘गुजरातको सेवा गरेजस्तो छोराले देशको सेवा गर्छ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्