भारतीय लोकसभाको निर्वाचनको मतगणना जारी छ । राती पौने ११ बजेको अपडेटअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले २०३ सिट जितिसकेको छ ।
यस्तै प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले ३९ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य १४५ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको ४८ स्थानमा अग्रता रहेको छ ।
यस्तै बहुजन समाज पार्टी र समाजवादी पार्टीको गठबन्धनले ८ स्थानमा जित र ८ स्थानमै अग्रता बनाएको छ ।